मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

अनेसास नवरत्न पुरस्कार समितिको संयोजन गर्ने जिम्मा तारालाई

दैनिक नेपाल २०८० जेठ २२ गते १६:१३

अमेरिका, २२ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएकी छिन् ।

अनेसासको केन्द्रीय सदस्यसमेत रहेकी अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९ जना महिलाको चयन गरि नवरत्न पुरस्कारद्वारा सम्मानित गर्नेछ ।

नगद २०० डलर र सम्मानपत्र रहने यस सम्मानबाट ३६ जना सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित