सिन्धुपाल्चोक, १३ जेठ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा पर्ने सिसापोखरे गाउँ विकास समितिका कांग्रेस सभापति इच्छाराम दंगालको भूकम्पले भत्काएको घर एमाले स्वयंसेवकले बनाइदिएका छन् ।
विनासकारी भूकम्पबाट घर गुमाएका दंगाल प्रतिष्पर्धी पार्टी एमालेले खटाएको स्वयंसेवक टोलीले घर बनाइदिएपछि भावुक भएको राजधानी दैनिकले छापेको छ ।
आफ्नो घर बनाइदिएकोमा भन्दा पनि सदैव एकअर्कामा प्रतिष्पर्धी पार्टी भए पनि विना भेदभाव एमाले टोलीले आफ्नालागि टहरा बनाएकोमा उनी प्रसन्न देखिए ।
सिन्धुपाल्चोक९२ मा खटिएको एमाले केन्द्रीय सदस्य खेममान खड्का नेतृत्वको राप्ती अञ्चलको टोलीले दुई दिनमा १० वटा घर टहरा मर्मत गर्नुका साथै १५ वटा नयाँ घर टहरा निर्माण गरेको छ ।















प्रतिक्रिया