काठमाडौं, १३ जेठ । भूकम्प पीडितलाई अखाद्य चामल बाँडेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले वितरणकर्ता विश्व खाद्य कार्यक्रम र नेपाल रेडक्रसलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले बाँडेको चामल खाँदा काभ्रेका बालबालिकामा झाडापखाला लागेपछि आयोगले थप बाँड्न ठीक पारिएका चामलको निरीक्षण गरेको थियो ।
त्यस क्रममा चामलको गुणस्तर खान नहुने पाएपछि आयोगले कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया