२८ आश्विन २०८३, बुधबार

११३ वर्षकी बेहुलीको ७० वर्षे बेहुला…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriage-113-years

भनिन्छ, मायाले धर्म, जात, धनी–गरिब, सानो–ठूलो केहि पनि हेर्दैन । मायामा मानिसहरुले धेरैथरि गरेको हामी सबैले देखेका र सुनेका छौँ । तर हामीले जे जति कुराहरु सुनेका छौँ, त्योभन्दा यो घटना निकै फरक र अचम्म लाग्दो हुनसक्छ ।

चीनमा बस्ने एक ७० वर्षका वृद्ध ११३ वर्षकी वृद्धाको मायामा परे । मायामा मात्र परेनन् विवाहसमेत गरेका छन् ।

एक्लो जीवन बिताउन बाध्य भएका यी वृद्ध–वृद्धाले आफ्नो एक्लोपन मेटाउनका लागि एउटा छुट्टै संसार बनाउने निर्णय गरे ।

चीनका ७० वर्षीय एमती एहमतीले ११३ वर्षकी अजाटिहनलाई एकै नजरमा मन पराएको बताइन्छ । पछिल्लो वर्ष एक वृद्धाश्रममा उनीहरुको भेट भएको थियो र दुबैमा ४३ वर्षको अन्तर भएपनि एक–अर्काको भावनालाई बुझे ।

११३ वर्षकी अजाटिहन भन्छिन्, ‘सम्बन्ध भावनाहरुबाट बन्ने गर्दछ । यदि कसैको हात समाएर उसको सम्बन्धलाई महसुस गर्न सकिन्छ र उनको भावनामा बाँच्न सकिन्छ भने तपाईंको अगाडि समय र उमेरले केहि पनि फरक पार्दैन । म आफ्नो श्रीमानसँग निकै खुसी छु ।’