२८ आश्विन २०८३, बुधबार

एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १६ जेठ । प्रथम एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ ।

अमेरिकाको टेक्सस राज्यको ड्यालस क्षेत्रमा आयोजना गरिएको उक्त सम्मेलन मे २६–मे २८ सम्म सञ्चालन भएको थियो । सम्मेलनलाई टेक्ससको अर्बिङ शहरका नगर प्रमुख ओस्कर वार्डले सम्मेलनलाई नेपाली स्वास्थ्य दिवसको घोषणा गरेका थिए ।

मे २६ र २७ मा भौतिक रूपमा उपस्थिति भै सम्मेलन संचालन गरिएको थियो भने २८ का दिन त्यसैलाई निरन्तरता दिदै परोक्ष (भर्चुअल)रूपमा विभिन्न बिज्ञहरूले विभिन्न बिषयमा प्रस्तुति गरेका थिए । उक्त प्रथम स्वास्थ्य सम्मेलन ड्यालस घोषणा सहित सम्पन्न भएको छ ।

मे २७ शुक्रबारका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय स्वास्थ्य विभागका सभापति डा. सञ्जिव सापकोटा तथा स्थानीय रूपमा संयोजन गर्ने एनआरएनए अमेरिकाका स्वास्थ्य समितिका सभापति डा. प्रकाश श्रेष्ठले स्वागत तथा कार्यक्रमबारे जानकारी गराएका थिए । डा. किरण सापकोटा, डा संजिव सापकोटा, डा. प्रकाश श्रेष्ठ लगायतले कार्यक्रम संचालन पनि गरेका थिए ।

स्वास्थ्य र मनोरंजन हेतु दोश्रो दिन मे २७ का दिन ५ किमि हिडाई तथा दौडको आयोजना गरिदै सम्मेलनको दोश्रो मुख्य दिनको सुरुवात गरिएको थियो । दोश्रो दिन समुद्घाटन समारोहका टेक्सस राज्यकै युलेस शहरबाट नगर परिषद सदस्यमा निर्वाचित भएका टिका पौडेल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि पौडेल, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका महासचिव गौरी जोशी लगायतले सयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए ।

सम्मलेनमा दर्जनौँ चिकित्सक तथा बिज्ञहरूले अत्यन्तै राम्रो प्रस्तुति गरेका थिए । प्रस्तुति गर्नेहरूमा स्वास्थ्य परिचारिका (नर्स पेशा )सम्बन्धि डा विभा गौतम, अन्जु खरेल, मानसिक स्वास्थ्य सम्बन्धि रेखा कोइराला, दाँत सम्बन्धि दन्त्य रोग विशेसज्ञ स्मृति राजभण्डारी अमात्य, मधुमेय रोग सम्बन्धमा डा निल अमात्य, सम्मेलनमा इम्प्याक्ट नेपाल, एएनपिए, एनआईओएमएच, एनएसटी, नेपाली समाज टेक्सस, एएनएमएफ, एनआरएनए, बिडीएफ, एचएफंएन लगायतका संस्थाहरूका प्रतिनिधिहरू सहित आमन्त्रित व्यक्तित्वहरूले संस्थाको बारेमा प्रकाश पार्नुको साथै शुभकामना समेत दिएका थिए ।

तेश्रो दिन मे २८ का दिन आध्यात्मिक गोष्टी लगायत परोक्ष रूपमा कार्यक्रमको आयोजना गरिएको थियो । नेपालबाट नै आध्यामिक सम्बन्धमा जीवन विज्ञानका गुरुदेव एलपी भानुले बोलेका थिए । प्रारम्भ देखि नै कार्यक्रमको संचालन डा निशा शर्मा तथा रामहरी रौनियारले गरेका थिए ।

तेश्रो दिनको समापन समारोहमा आधिकारिक रूपमा ड्यालस घोषणा परोक्ष (जुम)मार्फत गरिएको थियो । सम्मेलनमा केही व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।