२९ आश्विन २०८३, बिहिबार

आइएस भगाउन सेनाको कारबाही सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

isis-ladakuबग्दाद, १२ जेठ । इस्लामिक स्टेट (आइएस) विरुद्ध इराकी सैनिकले कारबाही सुरु गरेको छ । इराकी नगर अन्वरमा इराकी सैनिकले आइएस विरुद्ध सो कारबाही सुरु गरेको हो ।

अन्वरको प्रान्तीय राजधानी रमादीमा आइएसले कब्जा जमाउने प्रयास गरिरेहको छ । सो प्रयासका विरुद्ध इराकी सेनाले उक्त कारबाही थालेको हो ।

इराकी सरकारी टेलिभिजनले दिएको जानकारीअनुसार इराकी सेनाले रमादी र सलाउदिन प्रान्तमा पनि सो कारबाहीलाई जारी राखेको छ ।

मङ्गलबार इराकी सेनाले ती स्थानमा हवाई कारबाही थालेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले भनेका छन्– केही दिनयतादेखि आइएसले पूर्ण रुपमा कब्जामा लिन खोजेको सो सहरबाट उनीहरुलाई भगाउन सेनाले सो कारबाही थालेको हो ।

पछिल्लो समयमा आइएसले इराक र सिरियाका विभिन्न स्थानमा आक्रमण जारी राखेका छन् ।

उनीहरुले जारी राखेको सो आक्रमणपछि विभिन्न क्षेत्रमा ठूलो सङ्ख्याका नागरिक पनि विस्थापित भएका छन् । रासस÷एएफपी