२९ आश्विन २०८३, बिहिबार

विश्वमा क्षेप्यास्त्र हान्न उत्तर कोरियाली नेता किम जोङ यस्तो योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-jong-unसोल, १२ जेठ । उत्तर कोरियाली नेता किम जोङ उनले हालैमात्र सो देशले गरेको एक पनडुब्बी क्षेप्यास्त्र परीक्षणलाई ऐतिहासिक सफलताको रुपमा व्यख्या गरेको समाचार छ ।

साथै यसलाई उहाँले एक रहस्यमय तथा साहसिक कामका रुपमा पनि व्याख्या गरेको उत्तर कोरियाली समाचार समिति केसिएनएले जनाएको छ ।

उहाँले सो क्षेप्यास्त्र परीक्षणमा सम्लग्न वैज्ञानिकहरुलाई मङ्गलबार बोलाएर धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।

नेता उनले बोलाउनुभएको सो भेलामा उक्त क्षेपास्त्र परीक्षणका सफल बैज्ञानिक तथा प्राविधिकहरु रहेका थिए । उनीहरुलाई यस्तो ऐतिहासिक र विश्वमा चिनाउने काम गरेको भन्दै ती सबैलाई धन्यवाद पनि ज्ञापन गरेका थिए ।

उक्त चमत्कारिक कामले उत्तर कोरियालाई विश्वमा नै चिनाउने तथा विश्वमा उत्तर कोरिया एक शक्ति राष्ट्र हो भन्नेबारेमा थप पुष्टि गरेको धारणा उहाँले राख्नुभएको पनि सो समाचार समितिले जनाएको छ ।

तर यस परीक्षणलाई क्षेप्यास्त्रका विज्ञहरुले भने अवैधानिक भनेका छन् । उनीहरुले सो पनडुब्बीको परीक्षणका तस्बिरहरु पानीबाट पानीमै प्रहार गरेको नराखी अन्यत्रको देखाइएको बताएका छन् ।

उक्त क्षेप्यास्त्र परीक्षणका तस्विरहरु बढाईं चढाईं गरेर राखिएका र वास्तविक तस्बिर त्यसमा नराखिएका उनीहरुको भनाइ छ ।

यही मे ९ मा उत्तर कोरियाले एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो घटनापछि आजै पनि दक्षिण कोरिया, जापान र अमेरिकाबीच त्रिपक्षीय वार्ता सुरु हुँदैछ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको भए पनि उसले निरन्तर रुपमा यस्ता क्रियाकलाप जारी राखेपछि विश्व समुदायमा यस विषयमा व्यापक मात्रामा आलोचना सुुरु भएको छ । रासस/सिन्ह्वा