३ कार्तिक २०८३, मंगलबार

आज सुनको मूल्य ५ सयले घट्यो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको छापावाल सुन आज पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।