
काठमाडौं, १२ जेठ । इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार दोस्रो क्वालिफायरको खेल हुँदैछ ।
दोस्रो क्वालिफायरमा फाइलन प्रवेशका लागि मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । नरेन्द्र मोदी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।
बुधबार राति इलिमिनेटर खेलमा लखनउ सुपरजाइन्टलाई ८१ रनले हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको थियो ।
गुजरात भने पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भए पनि दोस्रो क्वालिफायर खेल खेल्ने अवसर पाएको हो ।
दोस्रो क्वालिफायरमा विजयी हुने टिमले आइतबार हुने फाइनल खेलमा चेन्नईसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया