२९ आश्विन २०८३, बिहिबार

चिनियाँ अन्तिम राजाको घडी करोडौं मुल्यमा बिक्री

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । चीनका अन्तिम राजा आइसिन गियारो पुई (१९०६-१९६७) ले लगाएको घडी हङकङमा ६२ लाख अमेरिकी डलर अर्थात ८२ करोड २० लाख नेपाली रूपैयाँमा बिक्री भएको छ।

मंगलबार हङकङमा उक्त घडी लिलामीमा राखिएको थियो। हङकङमा बसोबास गर्ने एक एसियाली घडीका शौकिन घडी संकलकले उक्त घडी किनेको बताइएको छ।

लिलामी गर्ने फिलिप्स एसियाका प्रमुख थोमस पेराज्जीले रोयटर्सलाई कुनै समय राजाले पहिरिएको घडी भएका कारण उक्त घडी मूल्यवान भएको बताए।

उक्त घडी जर्मन कम्पनीले ६७ वर्ष पहिले बनाएको थियो। यो घडी पटेक फिलिप कम्पनीले उत्पादन गरेको थियो। कम्पनीले विशेषगरी ८ वटा मात्रै यस्ता घडी उत्पादन गरेको थियो।

सन् १९०६ मा जन्मिएका पुई चीनको छिङ वंशका अन्तिम सम्राट थिए, जसले दुई वर्षको उमेरमा आफ्नो शासन सुरु गरेका थिए। सन् १९४५ को दोस्रो विश्वयुद्धमा जापान पराजित भएपछि शोभियत संघको सेनाले पुईलाई शेनयाङ एयरपोर्टबाट पक्राउ गरेको थियो।

उनलाई युद्धबन्दीका रूपमा रूसको खाबारोभस्को जेलमा ५ वर्षसम्म थुनिएको थियो। त्यसक्रममा पुईले उक्त घडी रसियन दोभासे जर्जी पेम्यार्कोभलाई उपहार दिएका थिए।