काठमाडौं, १२ जेठ । अर्जेन्टीनाका फुटबल खेलाडीको मैदानमै मृत्यु भएको खबरले अहिले विश्वबजार तातेको छ ।
फुटबल खेल्ने मैदानभित्र सैन मार्टिन डी बुर्जाको क्लबका मिडफील्डर एमैनुएल ओर्टेगाको टाउँको लागेर चोटले मृत्यु भएको केही समयमै एटलेटिको परानाका डिफेण्डर क्रिस्टियन गोमेजको सोमबार मुटुमा गहिरो चोट लागेर मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।
सेकेण्ड डिभिजनको लागि बोका यूनिडसविरुद्ध भएको खेलमा मैदानको बीचमा बलले मुटुमा लाग्दा उनी ढलेका थिए । उनलाई तत्कालै अस्पताल लगिएको थियो । डाक्टरको प्रयास सफल नभएपछि गोमेजलाई मृत घोषणा गरियो ।
गोमेजको निधनमा अर्जेटीना संघ (एएफए) आइतबारका खेलहरु रद्द गरेको छ । एएफएले गोमेजलाई श्रद्धाञ्जलि समेत दिएको छ ।
यसअघि क्रिकेट खेलमा बलले लागेर अष्ट्रेलियामा फिलिप ह्यूज नामका क्रिकेटरको पनि मृत्यु भएको थियो । एजेन्सी















प्रतिक्रिया