३० कार्तिक २०८३, सोमबार

संघीय संसद्को संयुक्त बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । संघीय संसद्को संयुक्त बैठक आज बुधबार बस्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न अपराह्न ४ बजे संयुक्त बैठक बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुव बहादुर प्रधानले “संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०” पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । त्यसका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।