नयाँदिल्ली, १२ जेठ । फोटो खिच्न सिकाउने एक फोटोग्राफरले दुई बालिकामाथि बलात्कार गरेका छन् ।
मुम्बईमा फोटोग्राफी सिकाउँदै आएका ७९ वर्षका बुजुर्ग नरसी कटीराले सिकारु दुई बालिकालाई बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ति दुई बालिका दिदी-बहिनी हुन् ।
पीडित बालिकाले बताएअनुसार बुजुर्गले फोटो खिच्न सिकाउने बेला दिनदिनै दुबै दिदी-बहिनीको सँगै बलात्कार गर्ने गरेका थिए । यती मात्रै होइन उनले दिदीबहिनीसँग गरेको बलात्कारको भिडियो समेत खिच्दै आएका थिए । उक्त भिडियोबाट उनले पोर्न फिल्म बनाउने गर्थे ।
यो कुरा बालिकाले महिनादिनपछि बाहिर ल्याएका हुन् । बालिकालाई धम्काएर बुजुर्गले बलात्कार गर्दै आएका थिए । एकदिन अर्काे शिक्षकले उक्त कुरा थाहा पाएर प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले बुजुर्गको फ्ल्याटमा छापा मार्दा केही पोर्न सामग्रीहरु समेत फेला पारेको थियो । प्रहरीले बुजुर्गलाई पक्राउ गरी अदालतको जिम्मा लगाएको थियो । अनुसन्धानका क्रममा बुजुर्गले पोर्न भिडियो बनाउन दिदीबहिनीलाई सँगै बलात्कार गरेको बयान दिएका छन् ।
अनुसन्धानपछि मुम्बईको विशेष अदालतले दोषी ठहर गर्दै उनलाई १० वर्षको जेल सजायँ सुनाएको छ । विशेष न्यायाधीश व्रुशाली जोशीको एकल इजलासले बुजुर्गलाई अश्लीलता फैलाएको आरोपमा पनि दोषी ठहर गरेका छन् । अदालतले बुजुर्गलाई पीडित दुबै दिदीबहिनीलाई २५/२५ हजार दिनेगरी जरिवाना समेत सुनाएको छ । एजेन्सी















प्रतिक्रिया