
काठमाडौं । बच्चा घरमा जन्माउन नपाउने कानुनको विरोधमा महिलाहरुले संगठित रुपमा सडकमै नाङ्गै भएर प्रदर्शन गरेका छन् ।
अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले शीशुको सुरक्षित जीवनाका लागि ल्याएको घरमा बच्चा जन्माउन नपाउने कानुन विरुद्ध यहाँका महिलाहरुले नाङ्गै सडकमा प्रदर्शन गरेको समाचार एजेन्सीले जनाएका छन् ।
कयौं महिलाले आफ्नो बच्चा समेत सँगै बोकेर शरीरमा कपडा नलगाई कानुनको विरोध गर्दै सकडमा निकालिएको र्यालीमा सहभागिता जनाएका छन् । उनीहरुले ‘म आफ्नै घरमा बच्चा जन्माउँछु’ भन्दै नाराबाजी समेत गरेका छन् ।
अर्धनग्न महिलाहरुले यो कानूनविरुद्ध यहाँ ट्राफिक जाम समेत गरेका छन् । उनको मागअनुसार सरकारले इच्छा अनुसार घरमै जतिपनि बच्चा जन्माउन पाउनुपर्छ भन्ने रहेको छ ।
तर सरकारले जनसंख्या बढेको भन्दै शीशु स्वास्थ्य कार्यक्रम ल्याएर एक मात्रै बच्चा त्यो पनि अस्पतालमा जन्माउनुपर्ने कानुन ल्याएको थियो ।
यो विरोध प्रदर्शनमा पहिलो दिन ५० जना भन्दा बढी महिलाको नाङ्गै सहभागिता थियो । यो मुद्दामा डाक्टरहरुले पनि साथ दिएका छन् । यसबारेमा सरकारले कुनै प्रतिक्रिया जनाएको छैन् । एजेन्सी
















प्रतिक्रिया