१ कार्तिक २०८३, शनिबार

आईपीएलः बैंगलोर बाहिरियो, मुम्बई इण्डियन्स प्लेअफमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको प्रतियोगिताबाट रोयल च्यालेन्जर्स बैंगलोर बाहिरिएको छ ।

गएराति बैंगलोर गुजरात टाइटन्ससँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।

बैंगलोरले दिएको १९८ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

बैंगलोर पराजित भएसँगै मुम्बई इण्डियन्स प्रतियोगिताको चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ ।

योसँगै आईपीएलको प्लेअफको समीकरण पूरा भएको छ ।

जारी आइपिएलमा गुजरात १४ खेलमा २० अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ ।

यता, १४ खेलमा १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ ।

अब प्लेअफको पहिलो क्वालिफायर खेलमा गुजरात र चेन्नई भिड्ने छन् । यो खेल मे २३ अर्थात भोली मंगलबार हुनेछ । यस खेलको विजयी टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिम दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।

त्यस्तै लखनउ सुपर जाइन्टस १४ खेलमा १७ अंकसहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ भने मुम्बई इण्डियन्स १४ खेलमा १६ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ ।

अब इलिमिनेटरमा लखनउ र मुम्बईबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

इलिमिनेटरको खेल मे २४ अर्थात बुधबार हुनेछ भने दोस्रो क्वालिफायर २६ मे शुक्रबार हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने मे २८ गते अर्थात आउँदो आइतबार हुनेछ ।