
– निरज थकाली
मुस्ताङ, १२ जेठ । मुस्ताङको जोमसोम विमानस्थलमा गोमा एयरको विमान उत्रेको छ । आजबाट उडान सुरु भएको यस गोमा एयरको विमानमा १८ जना यात्रु सवार थिए ।
जोमसोम-पोखरा रुटको लागि गोमा एयरलाईन्सले २ वटा विमान उडाउने एअरलाईन्सका एनआरए अनिल शेरचनले जानकारी दिनुभयो ।
विदेशी तथा नेपाली यात्रुहरुको माग अनुसार नै गोमाले निरन्तर रुपमा उडान गरेर जनतालाई सेवा सुविधा दिने शेरचनले बताए ।
यात्रा शुल्क नेपालीलाई प्रतिब्यक्ति २६ सय रुपैयाँ र विदेशीलाई ११३ अमेरिकी डलर तोकिएको छ । उक्त उडान पहिलेबाट संञ्चालन गरिने भनिएता पनि गत बैशाख १२ गतेको विनासकारी भूकम्पले ढिलाई भएको हो ।
गोमा एयरले यसअघि सुर्खेत र लुक्कामा उडान गर्दै आइरहेको थियो । जोमसोम टु पोखराको रुटमा तारा एअर र सिम्रिक अएरले फ्लाईट गरिरहेको छ भने आजबाट गोमा एअर पनि थपिएको छ । जसले गर्दा स्थानीय तथा पर्यटकहरुलाई थप सविधा पुग्ने छ ।















प्रतिक्रिया