देशमा महाविपत्ति आइलागेका बेला ।
राष्ट्र शोकको ‘रह’ मा डुबेका बेला ।
मनमा मानवीय सम्बृद्धि नभएका तुच्छ पशुरहका चोरहरु सलबलाए ।
काँधमा सहयोगका करङ नभएका धूर्तहरु मनपरी ढंगले सामानको चर्को मूल्य असूल्न थाले ।
राष्ट्रले हारेको बेला ।
संकटले अचेटेका बेला चोर, फटा, र बदमास जुर्मुराए ।
तिमी सबै यहि देशका नागरिक हैनउ ।
कम्तिमा एक पटक फर्केर छेदविछेद भएका भवन संरचना हेर ।
शोक पीडाको पोलो हेर ।
आर्यघाटका लाश हेर ।
अस्पतालका बेडमा छटपटाएका निर्दोष घाइते हेर ।
अनि तिमीहरुले चोरेको सम्पति अनि तिमीहरुले असुलेको चर्को मूल्यको.. व्याज देख्ने छौ.. मुर्ख ।














प्रतिक्रिया