
काठमाडौं, ७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपरजाइन्टले कोलकोता नाइटराइडर्सलाई १ रनले पराजित गर्दै प्लेअफमा पुगेको छ ।
शनिबार राती भएको खेलमा लखनउले दिएको १७७ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएपछि लखनउले १ रनले जितेको हो ।
जितसँगै लखनउ आईपीएलको प्लेअफमा पुगेको छ । लखनउ १४ खेलमा १७ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यसैगरी, आईपीएल अन्तर्गत शनिबार दिउँसो भएको खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स पनि प्लेअफमा पुग्न सफल भएको छ ।
चेन्नईले दिएको २२४ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो । दिल्लीलाई ७७ रनले पराजित गर्दै चेन्नई प्लेअफमा पुग्न सफल भएको हो । चेन्नई १४ खेलमा १७ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
योसँगै अहिलेसम्म चेन्नई, लखनउ र गुजरात टाइटन्स प्लेअफमा पुगेका छन् ।
जारी आईपीएलमा कोलकोतासँगै दिल्ली, राजस्थान रोयल्स, पञ्जाब किंग्स, र सनराइजर्स हैदरावाद प्लेअफबाट बाहिरिएका छन् ।
अब प्लेअफको एक स्थानमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्स मध्ये एक पुग्ने छ ।
आईपीएल अन्तर्गत आज आइतबार मुम्बई र हैदरावाद तथा बैंगलोर र गुजरातबीच प्रतिस्पर्धा हुँदैछ ।















प्रतिक्रिया