२९ आश्विन २०८३, बिहिबार

यमराजको मुखबाट फर्किदाको त्यो क्षण…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabraj-dahal

बैशाख १२ यो दिनलाई सम्झिने आटनै आउँदैन किनकी यो दिन सबैका लागि बिर्सन लायकको दिन बनेको छ । दिनभरी मनमा त्रास अनी अफिसलाई निरन्तरता दिदै थि ए । आफ्नो चिन्जानमा कुनैपनी मानावीय क्षति भएको सुन्नुपरेको थिएन अरु पीडितलाई के गर्न सकिन्छ भन्नेमा म केन्द्रित थिए सबै साथीहरुको पनि अफिसमा उपस्थित थिएनन । गत बिहीवार मैले जुन कुरा सुने त्यो कुराले मेरो मन अझै दुखित बनायो प्रसँग थियो मेरो अफिस चौधरीग्रुपमा काम गर्ने मित्र कृष्ण बहादुर थापाको कहालीलाग्दो काहानी ।

अफिसमा यता उता गर्ने क्रममा साथी कृष्णसँग जम्काभेट भयो अनी मैले सोधे तपाईं लगायत तपाईंको सबै परिवारलाई ठीक छ ? भक्कानियर जवाफ दिए खै के भनौ र सर तेस्पछी रोकिए मलाई खुल्दुली लाग्यो अनी मैले मेरो अफिस स्टेसनमा बोलाएर सोधे उनी भक्कानिदै बोल्न सुरु गरे ।

मेरो हालत यस्तो थियो कि जीउ पुरै ढाक्ने कपडा समेत थिएन । भएको पैसा लगायत सबै सामान पुरिएको थियो बाहिर किन्ने अवस्था थिएन तेही हालतमा मैले कपडा लगायत सबै कुरा साथीहरुको नै प्रयोग गर्दै आएको छु । अहिले काठमाडौंमा मेरो जीबन भन्दा अरु केही बाँकी छैन ।

१२ गते शनिबार अफिस बिदा भएको कारणले बिहान ढिलो उठे अल्छि लागेको थियो । अली ढिला उठे अनी खाना बनाए घडीमा हेर्दा साँढे एघार बज्न लागेछ अब खाना खानु परो भनी खान खान लागे खाना खाइसकेपछी ओछ्यानमा पल्टिएको थिए । म बस्ने घर गोङबुस्थित ५ तले थियो सबै कोठामा बस्नेहरु कोहि नुवाइ धुवाइ गर्दै थिए त कोहि आराम गर्ने तर्खरमा थिए । बेडमा पल्टिएकै बेलामा मलाई केही हल्लियको महसुस भयो मलाई लाग्यो भूकम्प आयो अनी हतार हतार बाहिर निस्किए त्यो बेला हाल्फ पाइन्ट र सेन्डोमा मात्र लगाएको थिए तेही कपडामा बाहिर निस्किन लागे । मैले जत्तिनै कोशीस गरेपनी मलाई यता उत्ता ठोकिन लाग्यो कुहिनु ठोकियो खुट्टा ठोकियो तर पनि म माथिबाट तल झर्न छोडिन जब म भागेर बाहिर सडकमा आए तब मेरो आँखा अगाडि त्यो घर भासियर सबै संरचना ध्वस्त भयो भित्र भएका मानिस् कोहिपनी बाहिर निस्किएको देखिन । मेरो दिमाख पुरै खाली भएको महसुस भयो म केही बोल्न सकिन । एक्छिन साइड लागेर बसे केही छिनपछी त सुन्न लागे सबैतिर क्षति पुग्यो रे जताततै एम्बुलेन्स अनी सुरक्षा निकायको उपस्थिती देखे । अनि आफू बसेको घरतिर मेरो आँखा गयो तर घर कस्तो थियो भन्ने नै भन्न नसक्ने अवस्थामा पुगिसकेको थियो मेरो बस्ने कोठालागायत सम्पूर्ण समान घरमा पुरिए अब मसँग मैले लगायको हाल्फ पाईन्ट र सेन्डो भन्दा केही थिएन निराश भए अब के गरौ ? अनी मोटेर्साइकल् पार्किङमा आँखा गयो तर मैले पत्ता नै लगाउन सकिन मैले कुन ठाउमा राखेको थियो भनेर । कुनै सामान् निकाल्न सक्ने अवस्था थिएन । झन निरास भए अब के गर्ने कसो गर्ने कसैलाई सम्पर्क गर्ने सोच नै आएन। केही समयपछी अली मन फर्कदै गयो अनी घरमा बुवा आमाको याद आयो उहाँहरु बुट्वलमा हुनुहुन्थ्यो केही पर गए सबैजना भागाभागमा बेस्त थिए । अनी अलिपरबाट घरमा सम्पर्क गरे यता त ठिकै छ अली अली मात्रा हो त्यहाँ तिमीलाई के छ ? अब मैले के जबाफ दिउ र ? सबै ठिकै छ भनेर फोन राखिदिए अरु कुनै कुरा बोल्न नै सकिन । दिनभरी मेरो होस् नै उढेको थियो जब बेलुका हुन लाग्यो अनि चिन्ता लाग्यो अब कहाँ जाउ कता बसौ यता उता साथीसँग सम्पर्क गरे उनीहरुपनी बाहिर खुल्ला चहुरमा बस्न लागेका रहेछन् । म पनि जाने सोचमा थिए तर मेरो हालत यस्तो थियो कि जीउ पुरै ढाक्ने कपडा समेत थिएन । भएको पैसा लगायत सबै सामान पुरिएको थियो बाहिर किन्ने अवस्था थिएन तेही हालतमा साथीहरुसँग गए अहिले मैले कपडा लगायत सबै कुरा साथीहरुको नै प्रयोग गर्दै आएको छु । अहिले काठमाडौंमा मेरो जीबन भन्दा अरु केही बाँकी छैन । दिनभरी एक्लै बस्न गार्हो हुन्छ की भनेर अफिस आएको हौ सर भन्दै भक्कानिए अनी एक्छिन बोल्नै रोकिए ।

मैले सम्झाउने कोशीस त गरे तर उनको त्यो अबस्थाले मेरो पनि मन पनि कठोर बन्न सकेन थाहा नै नपाही मेरो आँखाबाट पनि आसु झरेछ । फेरी मैले भने चिन्ता नगर कुनै बेबस्था होला आत्तियर केही हुँदैन् । उनले भक्कानिदै भने खै सर नेपालको सबैभन्दा ठूलो कम्पनिको कर्मचारी त हौ कम्पनीले केही हेर्छ कि भन्ने आस चै गरेको छु तर यो बेदना कसैलाई पनी भनेको छैन । अहिले मेरो हात र खुट्टा सुन्निएको छ मनमा बारम्बार यही सोच्छु मेरो दुःख सकिएको थिएन तेही भएर मलाई दैबले पनि चुडेर लान सकेन । अनी मन बुझाउछु घरमा बस्ने सबै सकिए तर म त बाँच्न सफल भए सबैभन्दा ठुलो कुरा त मेरो जीबन नै होनी ।

(दाहाल हाल चौधरी ग्रुपमा कार्यरत छन् ।)