काठमाडौं, ६ जेठ । जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएपछि उडान नै स्थगित भएको छ ।
शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न ठिक्क परेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको हो ।
जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए । अब काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर गएर परीक्षण गरेपछि मात्रै जहाज उड्ने छ ।
यात्रुहरूलाई अर्को जहाजबाट काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस