२८ आश्विन २०८३, बुधबार

जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएपछि…

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएपछि उडान नै स्थगित भएको छ ।

शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न ठिक्क परेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको हो ।

जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए । अब काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर गएर परीक्षण गरेपछि मात्रै जहाज उड्ने छ ।

यात्रुहरूलाई अर्को जहाजबाट काठमाडौं ल्याइएको छ ।