२९ आश्विन २०८३, बिहिबार

धार्मिक व्यक्तिमा हुनुपर्ने गुणहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niru-thapa

‘के पुजा गछौ मन्दिरमा गई पहिले आफनो बानी सुधार जहाँ मान्छेले मान्छेलाई भेदभाव गछौ त्यहाँ ईश्वरको पनि के आशा गछौ । आफै भन्छौ सबैको मुटुमा ईश्वरले बास गरेको हुन्छ । आफै छोइन्छ भन्छौ मानवलाई के उसको पाप ईश्वर छोइन्छौ । जहाँ भेदभाव हुन्छ जहाँ अन्याय हुन्छ त्यहाँ ईश्वर पनि के अर्थ गछौँ । सबको रगतमा नेपाली पन छ सबको मुटुमा नेपालको माया । जन्मदै कोही दलित हुदैन् जन्मदै कोही न क्षेत्री बाहुन । जहाँ उच्च नीच हुन्छ जहाँ शोषण हुन्छ । त्यहाँ मानव बनेर के अर्थ गछौ ।’

पक्कै पनि यो गीतमा भने झै आज मानव प्राणीमा धर्म पुण्य गर्ने व्यक्तिहरु धेरै छन् । तर उनीहरुले गर्ने व्यवहारमा, संस्कारमा भने परिवर्तन हुन सकेको छैन् । मानव प्राणी यस्तो अन्धो भइराखेको छ की जब धर्मको नाममा दिन रात मन्दिर धाउनी पैसा चढाउनी, भगवानका अगाडि लम्पसार भएर ढोग गर्ने गर्छन् । तर उनीहरुको मनको सुख शान्तीको लागि मात्र गर्ने गर्छन् । मानिस यस्तो अन्धो भइराखेको छ की जब धर्मको नाममा आफनो धर्म नै फेर्न पनि पछि हटँदैनन् । धर्मको नाममा पशुपक्षीलाई बोली चढाउछन् । तर यही पापी मान्छेले आफनो व्यवहारमा परिर्वन अर्थात परिस्कृता ल्याउन सकेका छैन् । यिनै धर्म गर्ने व्यक्तिवाटै एक अर्कोमा उच, नीच, शोषण, अन्याय दबाउने भेदभावपुर्ण व्यवहार गर्ने गरेको अधिकांश पाइन्छ ।

जब आफू धार्मिक बन्नु छ भने दिनरात भगवानको नाम लिने धर्मका नाममा पशुपक्षी लाई बोली चढाउने, भेदभाव पुर्ण व्यवहार, उच, निच जस्ता कार्यले उनीहरुलाई झनै पापी तुल्याएको छ । तपाई यदि धार्मिक बन्नु छ भने मन नदुखाउनुहोस्, नहेप्नुहाुेस्, भेदभावपुर्ण व्यवहार त्याग्नुहोस् सबै मानव प्राणीलाई एकै ठान्नुहोस् सबैको रगत रातो छ । अरुको पीडा नै सोयम आफनो पीडा सम्झनुहोस् । तब मात्र एउटा असल कर्मठ धार्मिक व्यक्तित्वको नाममा गनिनु हुन्छ ।

पछिल्लो समयमा धर्मका विभिन्न विकृति देखा परेका छन् । जून धर्मका पछाडि लागि पर्नु भाको छ । जब आफू धार्मिक बन्नु छ भने दिनरात भगवानको नाम लिने धर्मका नाममा पशुपक्षी लाई बोली चढाउने, भेदभाव पुर्ण व्यवहार, उच, निच जस्ता कार्यले उनीहरुलाई झनै पापी तुल्याएको छ । तपाई यदि धार्मिक बन्नु छ भने मन नदुखाउनुहोस्, नहेप्नुहाुेस्, भेदभावपुर्ण व्यवहार त्याग्नुहोस् सबै मानव प्राणीलाई एकै ठान्नुहोस् सबैको रगत रातो छ । अरुको पीडा नै सोयम आफनो पीडा सम्झनुहोस् । तब मात्र एउटा असल कर्मठ धार्मिक व्यक्तित्वको नाममा गनिनु हुन्छ । मै हुँ भन्ने धार्मिक व्यक्तिले नै विभिन्न खालका क्रियाकलाप देखाउँछन् । तिनै व्यक्तिहरुबाट नै असत्यलाई पनि सत्यमा सावित गर्दछन् । तिनै बाट भाषणमा आर्दशका गफ छाट्छन् विडम्बना तर विपरीत हुन्छ । आफुलाई धार्मिक व्यक्तिको नाम ले चिनाउन चाहने हाम्रो समाजका व्यक्तिको नियती फरक छ ।

पछिल्लो समयमा धर्मको नाममा राजनीति चल्छ । जहाँ विभिन्न षडयन्त्र रचिन्छ । संसारको सर्वक्षेष्ठ प्राणीको नामले चिनिने प्राणी मानव जाती विडम्वना यिनै मानव जातिबाट नै धेरै भाषण फलाक्ने नै पापी हुन्छन् । धर्मको नाममा रीतिरिवाजलाई नै चटक्कै छाड्छन् । मानव जाति लाई चेतनशील प्राणी भनिएता पनि कुनै पनि पक्षमा स्थिरता हुन सकिरहेको छैन् । मानव प्राणी आज भौतिक सम्पत्तिको पछाडि हिँडिराखेको छ । हरेक पक्षबाट आज निश्चल र निष्पक्षता हुन सकेको छैन् । समाजलाई गतिशील र तथा परिवर्तनशील बनाउन सकारात्मक सोच अनि विचारको आवश्यकता पर्दछ । सधै सकारात्मक सोच, विचार र रचनात्मक कार्य गर्नु, मानव प्राणीको कर्तव्य हुँदा हुँदै पनि मानिस, समाज, समुदाय र देश अनि विश्वलाई नै दुरगामी विकास तर्फ धकेली रहेको छ ।

समयको रफ्तारमा आफनो सभ्यतालाई परिस्कृत गदै आजको मानव प्राणी ले आफनो विकासका चक्रहरुलाई गन्नै थालेको पनि थुप्रौ वर्ष पार भयो विभिन्न युग र कालखण्ड विभिन्न विकासका चरण पार गदै यही मानव आजको दिनमा आउँदा आफुलाई सामाजिक प्राणी ठान्छ । मान्छेले विकास र सभ्यताको नाम लिएर भुगोलका सिमाना कोर्ने संस्कार र अनुशासनका लागि भन्दै धर्म र संस्कृतिका रेखाहरु तयार पार्‍यो । विस्तारै भुगोलका सिमाहरु मनका सीमानामा परिणत हुन थाले । हिजो अनुशासनका नाममा फेरिएका धर्मका रेखाहरु बढेर एकले अर्कोलाई छेक्ने, दमन गर्ने, भेदभाव गर्ने अन्याय अत्याचार र घमन्डको पर्खाल बन्न थाले ।

मान्छेले विकास र सभ्यताको नाम लिएर भुगोलका सिमाना कोर्ने संस्कार र अनुशासनका लागि भन्दै धर्म र संस्कृतिका रेखाहरु तयार पार्‍यो । विस्तारै भुगोलका सिमाहरु मनका सीमानामा परिणत हुन थाले । हिजो अनुशासनका नाममा फेरिएका धर्मका रेखाहरु बढेर एकले अर्कोलाई छेक्ने, दमन गर्ने, भेदभाव गर्ने अन्याय अत्याचार र घमन्डको पर्खाल बन्न थाले । विस्तारै मान्छेलाई सबै भन्दा मन नपर्ने मान्छे नै बन्न पुग्यो ।

विस्तारै मान्छेलाई सबै भन्दा मन नपर्ने मान्छे नै बन्न पुग्यो । लगभग सबै धर्मको अन्तरवस्तु भनेकै एउटै हुन्छ । त्यो हो एकता, भातृत्व, अहिंसा, मेलमिलाप आदि कुनै पनि धर्मको सन्र्दभमा विश्वका दार्शनिकहरुमा पनि एक मत छ धर्म वास्तविक रुपमा सत्य । अहिसा, आदि कुराको सिद्धान्तमा अडिग रहन्छ । धर्मलाई जनता भुलाउने बुटीका रुपमा प्रयोग गरिरहेको पाइन्छ । धर्म कै बारेमा कार्ल माक्र्स भन्छन् । धर्मले मानिसलाई लागु औषधि अफिमले जस्तो अर्धचेत बनाउने काम गर्दछ भने अर्कोतिर धर्मको नाममा मानिस मर्न समेत तयार हुन्छ ।

त्यसैले शासकहरु पनि सोझा साझा लाई भगवानको डर देखाएर शासन चलाइ राखेका छन् । आफू मस्तीमा रहन्छन् । वास्तम्मा शासकहरु धर्म मानेका स्वाङ पार्दछन । तीर्थस्थलहरुको अधिकाश भ्रमण गर्छन् । यो अर्थहीन रंगिन संसारमा यिनै भाषण छाट्ने व्यक्तिहरुले नै धर्मको परिभाषा दिन्छन् । व्यवहारमा लागु गदैनन् । पककै पनि धर्म गर्नुहोस् मन्दिर धाएर, चामलका अच्छेता निदारमा टाँसेर होइन् वास्तविक धर्म त्यही हो जुन व्यक्तिले आफनो स्वच्छ मनले गरीबी, दुखीको उपकार गर्छ । अरुको मन दुखाउन्न्, एक गाँस खाना नपाएकालाई खाना दिन्छ, लुला लङगडा, अन्धा बहिरा जस्ता व्यक्तिको हेरचाह गर्नुृ नै वास्तविक स्वच्छ धर्म हो ।