२९ आश्विन २०८३, बिहिबार

ट्रकले बसलाई ठक्कर दिँदा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । जापानमा दुर्घटनामा परेर दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

उनीहरूको परिचय खुल्न सकेको छैन । बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए। उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए।

दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ ।