
काठमाडौं, ३ जेठ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको छ ।















प्रतिक्रिया