३ कार्तिक २०८३, मंगलबार

राहत दिने विषयमा मन्त्रीहरुबीच चार घन्टासम्म भनाभन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । भूकम्पपीडितलाई १५ हजार रुपैयाँ राहत दिने विषयमा अर्थमन्त्री रामशरण महत र अरु मन्त्रीबीच चर्काचर्की हुँदा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिनानिर्णय टुंगिएको छ ।

सजिलोसँग पीडितलाई राहत रकम उपलब्ध गराउने प्रक्रियाबारे मन्त्रीहरुबीच बैठकमा चर्काचर्की भएको थियो । राहतका विषयमै मन्त्रीहरुबीच चार घन्टासम्म चर्काचर्की भएपछि सरकारले आन्तरिक रुपमा गृहकार्य गरिरहेको उद्दार, राहत तथा पुनस्र्थापनासम्बन्धी अध्यादेशमाथि छलफलसम्म हुन नसकेको स्रोतले बतायो ।

गोरखामा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा स्थानीय सर्वदलीय संयन्त्रले सामान्य क्षति भएकासम्मलाई १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेकोबारे मन्त्रिपरिषद्मा विवाद सुरु भएको जानकारी स्रोतले दियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।