
मकवानपुर, १ जेठ । छोटो लुगा लगाएर हिँडेको कुरा काटेको भन्दै उत्तरी मकवानपुरको थाहा नगरपालिकामा एक महिलाले अर्की माहिलामाथि निर्घात कुटपिट गर्दै गम्भीर घाइते बनाएकी छन् ।
शनिबार साँझ थाहा नगरपालिका वडा नम्बर १२ तल्लो वसन्त बस्ने २७ वर्षीया शुसिला स्याङ्तानले सोही गाउँकी ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गर्दै गम्भीर घाइते बनाएकी हुन् ।
शुसिलाले छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अन्य मानिसहरुसँग कुरा काटेको भन्दै विवाद भएको थियो । सोही विवादलाई लिएर शुसिलाले घरमै पुगेर विनितालाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
घाइते विनितालाई उपचारको लागी काठमाडौंको ट्रमा सेन्टर पुर्याएपछि घटना थाहा पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले बताए ।
उनका अनुसार विनिताको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कुटपिट गर्ने शुसिलालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया