३ कार्तिक २०८३, मंगलबार

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।  यसअघि हिजो यसको मूल्य १ लाख १० हजार ८०० सय रुपैयाँमा कोरोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 यता आज चाँदीको मूल्य भने हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत वैशाख २९ गतेदेखि नै सोही मूल्यमा कोरोबार भइरहेको छ ।