३० कार्तिक २०८३, सोमबार

एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरी सामु पुग्नुभयोः महेश बस्नेत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी सामु पुगेको बताएका छन् ।

नेता बस्नेतले प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै रायमाझी प्रहरी सामु पुगेको बताएका हुन् ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ । नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ । ’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले भनेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका रायमाझी आइतबार साँझ प्रहरीको सम्पर्कमा आएका थिए । रायमाझी वैशाख २० गतेबाट फरार रहेका थिए ।