३० कार्तिक २०८३, सोमबार

युवा संघ नेपालले ३४औँ स्थापना दिवस मनाउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आज सोमबार ३४औँ स्थापना दिवस मनाउँदैछ ।

युवा संघले संगठनको स्थापना दिवस तथा डब्लुएफडीवाई एसिया प्यासिफिक रिजन मिटिङ-२०२३ लाई आज विशेष कार्यक्रमका साथ मनाउन लागेको हो ।

प्रज्ञा भवनमा हुने विशेष कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा गायक प्रकाश तिमिल्सना, अर्नभ बन, गायिका अस्मिता अधिकारीले सांगीतिक प्रस्तुति दिने छन् ।

युवा संघले स्थापना दिवसको अवसरमा देशभर रचनात्मक कार्यक्रम गरेर दिवस मनाउँदैछ ।

युवा संघले प्रत्येक वर्षको जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ ।