
काठमाडौं, ३१ वैशाख । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी शुक्रबारकै मूल्यमा किनबेच भइरहेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कोरोबार भइरहेको छ ।
महासंघका अनुसार यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।















प्रतिक्रिया