३० कार्तिक २०८३, सोमबार

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

No description available.

बैठकमा मुलुकको पछिल्लो राजनीतिक र समसामयीक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

केहिदिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका थिए ।