३० कार्तिक २०८३, सोमबार

एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी होः महासचिव पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी रहेको बताएका छन् । अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गर्न खोजिएको भन्दै उनले भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिल्लै पुराना नहुने टिप्पणी गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले समाजवाद एमालेको लक्ष्य रहेको र जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको एमालेको बाटो रहेको उल्लेख गरेका छन् । मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने बताउँदै उनले यो निरन्तर गतिशिल प्रवाहमा अघि बढ्ने गरेको बताए ।

नेता पोखरेलले तत्कालिन समयमा माओवादी केन्द्रसँगको पार्टी एकतासंगै पार्टीमा वैचारिक राजनीतिक काम हुन नसकेको, संगठनात्मक अराजकता बढेको र परिणाम स्वरुप यसको गति केही कमजोर बनेको स्मरण गराएका छन् । ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता बढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो ।’ महासचिव पोखरेलले भने ।

उनले पार्टीको मिसन ग्रासरुट अभियानले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको तथा एकिकृत शक्ति निर्माणको जग तयार पारेको बताए ।

‘नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल हुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्दछ ।’ महासचिव पाखरेलले भनेका छन्, ‘नेकपा (एमाले)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ । आउनुहोस् मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।’