
काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरिएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै कोइरालाले भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको बताएका हुन् ।
उनले प्रकरणमा राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाए दिन माग समेत गरेका छन् ।
नेता कोइरालाले भनेका छन्ः
भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले बिश्व समुदायसामु देशको शिर निहुरिएकाे छ, हामी लज्जित भएका छाैं ।
तसर्थ राज्यकाे जुनसुकै तह र तप्काकाे जाे काेहीलाई पनि कानुनकाे कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।
याे देशकाे शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदाे छ, यसले हामीले दशकाै संघर्ष गरेर ल्याएकाे लाेकतन्त्र र संविधानलाई असुरक्षित पारेकाे छ।
अब समय आएकाे छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानकाे थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालाेवाट उन्मुक्ति दिने।












प्रतिक्रिया