१ मंसिर २०८३, मंगलबार

एमाले सचेतक बर्तौला अस्पताल भर्ना

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३० वैशाख । नेकपा (एमाले)का सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् ।

उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पालमा भर्ना गरिएको हो ।

उच्च ज्वरो नघटेपछि शुक्रबार अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार केही दिनदेखि उनलाई ज्वरो आएको थियो ।

मकवानपुर क्षेत्र नम्बर २ का सांसद बर्तौला केही दिनदेखि गृह जिल्ला मकवानपुरको विभिन्न कार्यक्रमहरुमा सहभागी थिए ।

नेता बर्तौलाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।