
काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा पुगेकोे छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १५ पैसा र बिक्री दर १४३ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंङले जनाएको छ ।















प्रतिक्रिया