३० कार्तिक २०८३, सोमबार

झापाका छ स्थानीय तहमा जडीबुटी खेती विस्तार गर्न अनुदान दिइने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २९ वैशाख । डिभिजन वन कार्यालय झापाले जडीबुटी खेती विस्तार तथा नर्सरी प्रजातिको विकासमा अनुदान दिने भएको छ ।

बुधबार झापाको भद्रपुर स्थित वन डिभिजन कार्यलयमा बसेको जडीबुटी फोकन प्रर्सनको बैठकले छ वटा गाउँ तथा नगरपालिकामा जडीबुटी प्रजाति छनौट गरी खेती विस्तारका लागि अनुदान दिन लागेको हो ।

झापाको विर्तामोड मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा, गौरादह नगरपालिका र हल्दिवारी गाउँपालिकामा जडीबुटी खेती विस्तार गर्न लागिएको जडीबुटी सञ्जालका सचिव राजकुमार ओलीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा सतावरी, पामारोजा, पचौली, तुलसी, अस्वगन्धा र लेमनग्रास खेतीलाई प्राथमिकता दिइएको डिभिजन वन कार्यालयकी योजना अधिकृत अञ्जना पुरीले जानकारी दिइन् । गत वर्ष यस किसीमका अनुदान गौरादह, अर्जुनधारा, हल्दिवारी, मेचीनगरमा मात्रै दिने निर्णय भएकोमा यो वर्ष दमक र विर्तामोडका जडीबुटी क्षेत्रका किसानलाई समेत प्राथमिकतामा राखेर क्षेत्र थप गरिएको निमित्त वन अधिकृत नथुनि गोहिबार यादवले बताए ।

बैठकमा झापा उद्योग वाणिज्य सघंका अध्यक्ष प्रज्वल राई , जडीबुटी सञ्जालका संयोजक दिपक नेपालले आउने दिनमा जडीबुटी खेतीलाई विस्तार गर्दै उद्योगको स्थापनाबाट डलर भित्राउने गरी योजना ल्याउन सरकारलाई पहल गर्न शुभकामना दिएका थिए ।

डिभिजन वन कार्यलय झापाले जडीबुटी फोकल पर्सन टिमले दिएको राय र सुझावको आधारमा अनुदान छनौट गरी लगानी गरिने तयारी गरेको योजना अधिकृत पुरीले जानकारी दिइन् ।