२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल, २८ वैशाख । नेकपा एमालेनिकट प्रवासी नेपालीहरुको साझा संगठन प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी निर्विरोध चयन भएकी छिन् ।

यही मे १० तारिखमा सम्पन्न विशेष अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रवासी नेपाली मञ्च इजरायलकी अध्यक्ष ज्योती शर्मा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीमा चयन हुनुभएपछि रिक्त इजरायलको अध्यक्ष पद विशेष अधिवेशन गरी चयन गरिएको हो ।

मञ्चको इजरायल कार्यसमितिको उपाध्यक्ष शिवराज खड्का, सचिव रमेश जोशी, उपसचिवद्वय इन्दिरा कटुवाल अलि महमद मिया चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा रश्मी राई, गोमा उप्रेती, नवराज ओली, कविता श्रेष्ठ, जानू जिसी, पबित्रा भण्डारी, सीता कोइराला, पासिमा शेर्पा, चित्र कार्की, कल्याण जोशी, लेखनाथ कार्की, केशव खनाल, विजय पाठक, पवित्रा गौतम, सीता खड्का, सरस्वती गिरी, मञ्जु भुजेल, निर्मला बुढाथोकी र शान्ता गुरुङ छन् ।