
काठमाडौं, २७ वैशाख । ‘आईएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले १०० रूपैयाँ बोनस पाउने भएका छन्।
आईएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई ५० रूपैयाँ बोनस दिंदै आएकोमा सो बोनस रकम बढाइ १०० रूपैयाँ पुर्याउने निर्णय गरिएको हो ।
अब अमेरिका, यूरोप, क्यानाडा, मलेसिया, कतार, यूएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० रूपैयाँ बोनस पाउने छन् ।















प्रतिक्रिया