सिकागो, अमेरिका । भबिष्य शर्मा नामक नक्कली फेसबुक आइडी बनायर सामाजिक सद्भाव बिगार्न र समाजका प्रतिष्ठित व्यक्तिलार्इ तथानाम गाली गलोज र निम्नस्तरका आरोप प्रत्यारोपमा करिब २ महिना पैठेजोरी खेलेका एनआरएन इलिनोइज च्याप्टरका अध्यक्ष सुमन वोस्तिको बास्तबिकता खुल्न गएपछि सार्वजनिक तथा व्यक्तिगत रुपमा माफी मागेका छन् ।
आफुले आफैलाई समाजसेवी घोषणा गर्दै हिड्ने वोस्तिको यो प्रकरण पश्चात चरित्र उदांगो भएको छ । समाज बिखन्डन गरि आफै सर्वेसर्वा बन्ने दुस्प्रयास पनि असफल भएको छ ।
अमेरिकामा नेपालीहरु बसोबास गर्ने धेरै जसो शहरहरुमा आआफ्नै डम्फु बजाउदै अनगिन्ती संस्था रहे पनि सिकागोमा भने नेपालीहरुको एक मात्र साझा संस्थाको रुपमा स्थापित सिकागोलैंड नेपाली फ्रेन्डशिप सोसाइटी रहेको छ ।
यो संथाले हाल सम्म आफ्ना सामाजिक कार्यक्रम मार्फत सबै सिकागो बसी नेपालीहरुको मन जित्न सफल भएको अवस्थामा उक्त संस्थालाइ बिभाजन गराउन भबिष्य शर्मा बनि समाजका अगुवाहरुको फेसबुक बाट नकारात्मक टिका टिप्पणीहरु गर्ने र स्वयम् आफैले पनि विभिन्न किसिंका समाज भड्काउने खालका स्टाटसहरु राखेर पोस्ट गर्ने गरेका थिए ।
समाजका अगुवाहरु भबिष्य शर्मा नामक नक्कली मान्छेहरुबाट हैरानीमा परे पछि मान्छे कोहो भनि खोजीमा लागेका थिए । धेरै लामो समयको अथक प्रयास पछि उक्त नक्कली व्यक्ति एन आर एन ए इलिनोइज च्याप्टरका अध्यक्ष सुमन वोस्ती नै भएको प्रमाण फेला परेपछि समाजका केहि अगुवाहरु यो समस्यालाई समाधान गर्न र सम्बन्धित व्यक्तिलाई अब आइन्दा यस्तो नगर्नुस भनेर कुरा गर्न जाँदा निजले आफु भबिष्य शर्मा नभएको र आफुले काम गर्ने ग्यास स्टेसनमा उक्त व्यक्ति भएको भन्दै आफु भबिस्य शर्मा भएको प्रमाणित भए वा गराउन सके आफुले सार्वजनिक जीवनबाटै राजिनामा दिने बताएका थिए ।















प्रतिक्रिया