
काठमाडौं, २५ वैशाख । साताको दोस्रो दिन नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छापावाल सुन सोमबार ३०० रुपैयाँले बढेको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य १ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ४४५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया