१ मंसिर २०८३, मंगलबार

कस्तो रहन्छ आजको मौसम ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । देशभर रहेको पश्चिमी र स्थानीय वायुको प्रभाव शुक्रबारबाट हटेको छ ।

आज शनिबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने भएकाले ति प्रदेशका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहको छ ।

शनिबार राती सुदूरपश्चिम,कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक देखि सामान्य बदली रहने हुनाले एक–दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।