
काठमाडौ, २२ वैशाख । हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार कोशी र बागमती प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन सहित हल्का वा क्षणिक वर्षा हुने महाशाखाको अनुमान छ । अन्य प्रदेशको केही पहाडी स्थानमा चट्याङ्ग सहित पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै,शुक्रबार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि मौसम सामान्य बदली रहनाले मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने राती पनि वर्षाको सम्भावना रहेको जल तथा पूर्वानुमान महाशखाले उल्लेख गरेको छ ।












प्रतिक्रिया