२९ आश्विन २०८३, बिहिबार

नेपालपछि जापानमा शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-earthquake-swarm-dec-7-2012

टोकियो, ११ जेठ । सोमबार जापानको राजधानी टोकियोमा शक्तिशाली भूकम्पको महसुस गरिएको छ । एएफपीका समाचारदाताहरुले सोमबार जापानको राजधानीबाट सो समाचार दिएका छन् ।

सो भूकम्प ५.६ रिक्टर स्केलको मापन गरिएको जापानिज मौसमविज्ञानसम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार भने सो भूकम्प ५.३ रिक्टर स्केलको मात्र रहेको छ । यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पबाट हालसम्म आणविक केन्द्रलगायत मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रबिन्दु राजधानी टोकियोदेखि उत्तरमा साइतामा प्रान्तको उत्तरी भागमा रहेको जनाइएको छ ।

जापानमा सन् २०११ मा आएको ९.० रिक्टर स्केलको भीषण भूकम्पपछिको सुनामीमा परी १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पबाट हजाराँै घर ध्वस्त भएका थिए । रासस