२९ आश्विन २०८३, बिहिबार

सानो लगानीले ठूलो आम्दानी, ठेलामा रमाए जयसवाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo

– सुशिल नेपाल

पाल्पा, ११ जेठ । तानसेनको मखनटोल हुलाक अगाडि र आन्दोलनचोकमा हरेक दिन साझँपख एउटा ठेला हुन्छ । जहाँ हरेक दिन ग्राहकको भीडभाड लाग्ने गर्दछ । आजमात्र नभई कयौँ बर्षदेखिको भीडभाड आजसम्म पनि उत्तिकै देख्न पाइन्छ ।

कुनैदिन उक्त ठेला त्यहाँ नआउँदा पनि ग्राहकमा प्रतिक्षा रहिरहेका हुन्छ कतिबेला आउँला भन्ने । जुन ठेला हो जय अम्बे चार्ट भण्डारको । साझँपख तानसेन बजार घुम्न निस्कने बिद्यार्थी हुन वा अन्य व्यवसाय तथा जागिरे नै । जो कोहिको नजरमा परेको छ जय अम्बे चार्ट भण्डार र त्यहाँ पाइने पानिपुरी र चार्टको स्वाद । जसका सञ्चालक हुन सन्तराम जयसवाल ।

तानसेनको विशारबजारबाट अगाडी बढने उनका दुई ठेला जुनमध्ये एउटा आन्दोलनचोक र अर्को हुलाक अगाडि पुगेर रोकिन्छ । एउटा ठेला जुनमा उनी स्वयम आफैँ हुन्छन भने अर्कोमा उनका छोराहरु । बिशेष त कयौँ बिद्यार्थीहरुको रोजाईमा परेको उक्त भण्डारमा आजमात्र नभई कयौँ बर्षअघिदेखि भीडभाड लाग्दै आइरहेको छ । उनको चार्ट भण्डार कयौँ बर्षदेखि आजसम्म पनि उत्तिकै लोकप्रिय रहँदै आएको छ । सानो लगानीमा व्यबसाय सुरु गरेका उनी त्यहि व्यबसायबाट परिवार चलाउँदै आएका छन् ।

भारतको गोरखपुरका उनी तानसेनमा बसोबास गर्न थालेको ३५ बर्ष पुगिसकेको बताउँछन । उनी भन्छन ‘कहिले बदाम बेँचे त कहिले के गरेँ तर यो व्यबसायमा जस्तो कुनैमा भएन, अहिले राम्रो आम्दानी छ एकदमै खुशी छु ।’ तानसेनमा अन्यले पनि पानीपुरी तथा चार्टको व्यापार गर्छन तर ग्राहकहरु भने कतिबेला आउँला भनि उनकै पानीपुरी तथा चार्टलाई कुरेरै बस्ने समेत उनी बताउँछन् ।

जुन व्यवसायमा आज जयसवाल र उनको परिवार नै खुसी र सुखी छन् । पाँच जनाका परिवारलाई आज उनी सुखी र खुसीसाथ राखेका छन् । कमाई पनि राम्रै गर्छन उनी । दैनिक रुपमा ५/६ हजार कमाई हुने बताउँछन । आम मानिसहरु लगानि भन्ने बित्तिकै ठुलै लगानी गरेर थेरै पैसा कमाउने सपना देखेका हुन्छन् ।

सानो लगानीमा आम्दानी नै हुँदैन भन्ने सम्झन्छन । तिनीहरुका लागि सानो आम्दानीबाट पनि राम्रो कमाई गर्न सकिन्छ भनेर सन्तराम जयसवालले उदाहरण देखाइसकेका छन् । उनीबाहेक जिल्लाका कयौँ व्यापारी छन जसले ठेला, सडकपेटी तथा अन्य स्थानमा सानो लगानीमा पनि राम्रो आम्दानी गरिरेहका छन् ।