काठमाडौं, ११ जेठ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि गोरखामा फेरि पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार विहानै ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।
केन्द्रका अनुसार अनुसार दोलखामा पनि अहिले भर्खरै ११ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । गत वैशाख २९ गतेको भूकम्पपछि दोलखामा निरन्तर भूकम्पका धक्का कम्पन हुने क्रम जारी छ ।
गोरखामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि गाउँ नै फेरि हल्लिएको थियो । एकाविहानै सुतेका सर्वसाधारण पाँच रेक्टर स्केलको ठूलो कम्पनले तर्सिएका थिए ।













प्रतिक्रिया