३० आश्विन २०८३, शुक्रबार

भारतबाट फर्किएका कांग्रेस नेता चन्द्र भण्डारीको कुन अस्पतालमा सुरू गरियो उपचार ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौंमै सुरू गरिएको छ ।

काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई आज भर्ना गरेर उपचार सुरू गरिएको अस्पतालका प्रमुख डा. नवराज पाण्डेले जानकारी दिए ।

गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा. शङ्करमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको बताइएको छ ।

अस्पतालले उनका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने भएको छ । उनको उपचारमा वरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डे र उनका टीम संलग्न छ । अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायत उपचार गराइने डा. पाण्डेले जानकारी दिए ।

डा. भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ ।

शरीरमा सङ्क्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन् ।

गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन् । आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै फागुन ४ गते निधन भएको थियो ।

यो पनि पढ्नुहोस्–

चन्द्र भण्डारीले काठमाडौं ओर्लिएपछि जब आमा नरहेको खबर पाए…