
काठमाडौं, १९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालू आर्थिक वर्षको बजेटमा व्यापारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बनेको बताएका छन् ।
आज काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले व्यापारीका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्वौं रुपैयाँ कमाएको तर देश घाटामा गएको बताएका हुन् ।
अबको डेढ वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिए देश असफल राष्ट्रमा परिणत हुने खतरा बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
मुलुकको आर्थिक अवस्था सङ्कटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको बताउँदै ओलीले देशलाई बर्बादीबाट जोगाउने काम नेकपा एमालेबाहेक अरु कसैले गर्न नसक्ने जिकिर गरे ।















प्रतिक्रिया