३ कार्तिक २०८३, मंगलबार

बाइबलमा शपथ खुवाएर धार्मिक आस्थामा आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasad-Danka-Haruकाठमाडौं, ११ जेठ ।  नेकपा एमालेका  सांसद भानुभक्त ढकालले सरकारले राहत वितरणका लागि अनुमति दिएका केही संस्थाले बाइबलमा शपथ गराएर मात्र राहत बाँडेको बताएका छन् ।

भूकम्पको क्षति र राहत अवस्थाबारे अनुगमनका लागि सिन्धुपाल्चोक पुगेर फर्किएका सांसद ढकालले आइतबार समितिको बैठकमा राहतको लोभमा नागरिकको धार्मिक आस्थामा चोट पुराइएको बताएको सौर्य दैनिकले छापेको छ ।

‘नागरिकको धार्मिक आस्थामाथि चोट पर्‍याएर वितरण गरिने राहत तत्काल बन्द गरिनुपर्छ’, ढकालले भने, ‘म सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यसलाई तत्काल सच्याउन र त्यस्ता संस्थालाई राहत वितरणमै प्रतिबन्ध लगाउन आवश्यक छ ।’

उनले सिन्धुपाल्चोकका जनता निराश रहेका र जनतामा आशा जगाउन पनि आवश्यक देखिएको बताए । ‘सिन्धुपाल्चोकमा बचेका पशुलाई दाम्लोमै मकै बारीमा छोडिएको छ’, उनले भने, ‘त्यहाँका नागरिकलाई मकै पाक्दासम्म बाँच्छु भन्ने आत्म विश्वाससमेत नभएको पाइयो ।’

उनले प्रभावित क्षेत्रका युवालाई नसच्याए नवनिर्माणको काम अघि बढ्नसमेत असहज भएको बताए ।

‘युवा कि त चौतारीमा कि पालमुनि तासको खालमा भेटिँदारहेछन्’, उनले भने, ‘उनीहरूलाई जाँडरक्सी र तास तथा जुवामा प्रतिबन्ध लगाएर नवनिर्माणका लागि स्वयंसेवामा खटाउनुपर्छ ।’