
काठमाडौं, १९ वैशाख । अमेरिकामा नेपाली मूलका राज के भण्डारीले ‘एक्सपोर्टर अफ द इयर अवार्ड’ जितेका छन् ।
उनले सञ्चालन गरेको साइनसिक्स नामक व्यवसायलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरेका हुन्।
अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसिक्सलाई उक्त अवार्डका लागि छनौट गरेको थियो। राज के भण्डारी नर्थ क्यारोलाइनमा मुख्यालय रहेको साइनसिक्स कम्पनीका सञ्चालक हुन्।
यो कम्पनीका अपरेशन म्यानेजर पनि नेपालीमूलकै रञ्जन कार्की छन्। साइनसिक्स र अन्य राष्ट्रिय साना व्यापार सप्ताह पुरस्कार विजेतारूलाई अप्रिल ३० देखि मे २ सम्म वासिंगटन डिसीमा सम्मानित गरिएको हो।
ह्वाइट हाउसमा आयोजित कार्यक्रमका क्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसिक्स टोलीलाई बधाई दिए।
विश्वभर ग्राहकहरूको बढ्दो सूचीको साथ साइनसीक्सले एसबीएका ट्रेड उपकरणहरूलाई तिनीहरूको राजस्व बढाउन र विविधीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारका अन्य धेरै फाइदाहरू प्राप्त गर्न काम गरेको एसबीएककी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताइन् ।
यो वर्ष राष्ट्रिय साना व्यवसाय सप्ताह मनाउँदै गर्दा साइनसीक्सका मालिक राज, र टोलीका नेता रञ्जन र लिसालाई बधाई दिन पाउँदा खुसी भएको उनले बताइन् ।
सन् १९८५ मा यसको स्थापना भएदेखि कम्पनीले हाइ पर्फमेन्स लिक्वीड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री भागहरू निर्माण गरेको छ, जसको प्रयोगहरूमा औषधि परीक्षण, प्रदूषण विश्लेषण, कीटनाशक पत्ता लगाउने लगायत समावेश गरेको कम्पनीले जनाएको छ । कम्पनीको नर्थ क्यारोलिनामा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको छ ।
५० राज्यबाट छानिएका सर्वोत्कृष्ट व्यवसायी अमेरिकामा साढे ३ करोड साना व्यवसायी छन् ।













प्रतिक्रिया