
काठमाडौं, १९ वैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानभित्र कसैले घुस मागेको थापा हाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन्।
मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत घुस मागेको थाहा पाएमा बाटोमा घिसार्ने चेतावनी हुन् ।
‘धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु ! याद रहोस् !,’ उनले लेखेका छन् । मेयर साम्पाङ काम र अभिव्यक्तिले सधैँ चर्चामा रहिरहन्छन् ।
उनी अहिले धरानका जनताको घरमा पानी लैजाने कार्यमा आफैँ खटिएका छन् । उनी आफैँ फिल्डमा पुगेर पाइप तान्ने, ढुंगा बोक्ने काम गर्छन ।















प्रतिक्रिया