३ कार्तिक २०८३, मंगलबार

बैंक खाताबाट विद्यालयको पाँच लाख गायब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaझापा, ११ जेठ । झापाको दकमस्थित १ विद्यालयको रकम बैंक खाताबाट गायब भएपछि घटना रहस्यमय भएको छ ।

दमक–६ स्थित ढुकुरपानी उच्च माविको ५ लाख रुपैयाँ गायब भएको कारोवार दैनिकले छापेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको दमक शाखामा खोलिएको खाताबाट किर्ते गरी रकम निकालेको पाइएको विद्यालयले जनाएको छ ।

नक्कली लेटरप्याड र छाप प्रयोग गरी बैंकलाई चेक सकिएको व्यहोरा जनाई नयाँ चेक बुक निकालेर रकम झिकेको पाइएको विद्यालयका प्राचार्य लीलानाथ खनालले बताए ।